यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

संक्षिप्त परिचय

परिचय 

लेखनाथ नगरपालिका तत्कालिन राखी, लेखनाथ, शिशुवा र वेगनास गा.वि.स. हरुलाई मिलाएर कवि शिरोमणी लेखनाथ पौड्यालका नामबाट वि.सं. २०५३ सालमा स्थापना भएको नगरपालिका हो। यस नगरपालिकाले प्राथमिकता सहित निति र कार्यक्रमहरुलाई समेटेर नगरलाई (साततालको बगैँचा शहर) बनाउने सोच राखेको छ। यो सोचलाई मूर्त रुप दिन निम्न अनुसारका बृहत प्रकृतिक स्रोत एवं सम्पदा व्यवस्थापन र संरक्षणमा प्रत्यक नगर बासीको संलग्नता आवश्यक छ।

अवस्थिति

लेखनाथ नगरपालिका पोखरा उपत्यकाको दक्षिण पूर्वी भागमा पोखरा १० कि.मि. पूर्व र राजधानी शहर काठमाडौँ देखि १८१ कि.मि. पश्चिममा रहेको छ र अक्षांश २८ ५ २ ८ १२ उत्तर र देशान्तर ८४ ०२ ८४ ०८ पूर्व र उचाई ४०७ masl कोट देखि १२१७ masl कोट बारी सम्म छ र जम्मा भौगोलिक क्षेत्रफल ७८.९३ वर्ग कि.मि. रहेको छ।

नगरका प्रमुख विशेषताहरु
 

  • राज्यकै सबैभन्दा बढी जल सम्पदा युक्त क्षेत्र।
  • नगरपालिका हुदैँ माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी जस्ता हिमश्रृंखला दृशयावलोकन हुन सक्ने पदयात्रा मार्ग।
  • सुन्दर तहरा, तरेली र पहाड, थुम्का-थुम्की, ताल-तलैया, गल्छी, फाटँ, उपत्यका नदि किनार जस्ता मनोरम दृश्यावलोकन गर्न सकिने।
  • नेपाल राज्यकै सबैभन्दा बढी जैविक विविधता युक्त क्षेत्र हरियाली जंगल र यस अन्तर्गत दुर्लभ वनस्पति सुनगाभा, जडिबुटिजन्य वनस्पति, (जंगली धान नाभो) र सिम्सार क्षेत्र।
  • सात ताल र तिनीहरुको दृश्यावलोकन।
  • राज्यमै सबैभन्दा बढी वर्षा हुने क्षेत्र।